एजेन्सी, १२ कार्तिक । सत्र वर्षमुनिको फिफा विश्वकप फुटबलको उपाधि इंग्ल्याण्डले जितेको छ । भारतको कोलकातामा हिजो राति भएको फाइनलमा स्पेनलाई ५–२ ले हराउँदै इंग्ल्याण्डको युवा टोलीले उपाधि जितेको हो ।
इंग्ल्याण्डका लागि ४४ औं मिनेटमा ब्रुस्टरले, ५८ औं मिनेटमा गिब्बास ह्वाइटले, ८४ औं मिनेटमा गुइहीले एक एक तथा ६९ औं र ८८ औं मिनेटमा फोडिनले दुई गोल गरे । यस्तै स्पेनका लागि सर्जिओ गोमेजले १० र ३१ औं मिनेटमा दुई गरे ।
स्पेनले सुरुको ३१ मिनेटसम्म २ गोल गरे पनि इंग्ल्याण्ड खेलमा फर्किएर स्पेनको केही लागेन र उपाधि इंग्ल्याण्डले जित्यो । प्रतियोगितामा सर्वाधिक ८ गोल गरेका इंग्ल्याण्डका ब्रुस्टरले गोल्डेन बुट, म्यान अफ दि टुर्नामेन्ट अवार्ड इंल्याण्डकै फोडिन र उत्कृष्ट गोलरक्षक बन्दै ब्राजिलका गाब्रिएल ब्रजाओले गोल्डेन ग्लोब्स प्राप्त गरे ।
फिफा यु–१७ विश्वकपको उपाधि इंग्ल्याण्डलाई
0
Share.
Comments