एजेन्सी, २ कार्तिक । च्याम्पियन्स लिगमा गएराति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) विजयी भएको छ । समूह ‘बि’ अन्तर्गतको खेलमा पिएसजीले बेल्जियमको एन्डरलेक्टलाई ४–० को फराकिलो गोल अन्तरले हराएको हो ।
पिएसजीका लागी किलियन बाप्पे, एडिन्सन काभानी, नेयमार र एन्जल डि मारियाले गोल गरेका थिए ।
तीन खेल जित्दै ९ अंकका साथ पिएसजी शीर्ष स्थानमा छ ।
पिएसजीले एन्डरलेक्टलाई ४–० को अन्तरले हरायो
0
Share.
Comments