काठमाडौं, ३० असार । अग्नी इन्कर्पोरेटेड प्रा लि (महिन्द्रा) ले अग्नि ग्रुप नेपाल एपीएफ क्लबलाई खेल सामाग्री प्रदान गरेको छ । क्लवको प्रायोजक अग्नि ग्रुपका तर्फबाट अर्जुन शर्माले एपीएफ प्रमुख सिंहबहादुर श्रेष्ठलाई आगामी सिजनको लागि आवश्यक पर्ने जम्मा ११२८ थान जर्सी तथा ट्रयाक प्रदान गरे ।
अग्नि ग्रुपले उक्त टिमलाई ५ वर्षको लागि प्रायोजन गरेको छ । यस अवस्थामा अग्निले एपीएफ क्लवलाई वर्षभरि आवश्यक पर्ने खेल सामग्री निरन्तर उपलब्ध गराउँदै आएको छ ।
अग्नि ग्रुपले एपीएफ क्लबलाई जर्सी र ट्रयाक दियो
0
Share.
Comments