एजेन्सी, ५ असार । रुसमा भइरहेको फिफा कनफेडेरेशन कप फुटबलमा चिलीले विजयी सुरुवात गरेको छ । प्रतियोगिता अन्तर्गत गएराति भएको खेलमा क्यामरुनलाई २–० ले हराएर चिलीले विजयी सुरुवात गरेको हो ।
समूह बी मा रहेको चिलीलाई जिताउन ८१ औं मिनेटमा अटुरो भिडाल र इन्जुरी समयको पहिलो मिनेटमा एडुआर्डो भार्गासले गोल गरे ।
जितपछि तीन अंकसहित चिली समूहको शीर्ष स्थानमा छ ।
चिलीको विजयी सुरुवात
0
Share.
Comments