एजेन्सी, ४ असार । फिफा कनफेडेरेशन कप फुटबल प्रतियोगितामा आयोजक रुसले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा रुसले न्युजिल्याण्डलाई २–० ले हराई विजयी सुरुवात गरेको हो ।
सेन्ट पिटर्सबर्गमा रहेको रंगशालामा खेलमा रुसका लागि फेडोर स्मोलोभले गोल गरे भने न्युजिल्याण्डले एउटा आत्मघाती गोल गर्यो । ३१ औं मिनेटमा न्युजिल्याण्डका माइकल बोक्सलले ३१ औं मिनेटमा आत्मघाती गोल गरे । त्यस्तै, ६९ औं मिनेटमा स्मोलोभले गोल गर्दै रुसलाई २–० को जित दिलाए ।
विश्वकप फुटबल २०१८ को ठीक एक वर्षअघि सुरु भएको कनफेडेरेशन कप फुटबलमा प्रतिस्पर्धामा रहेका ८ देशलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक रुससँगै न्युजिल्याण्ड, पोर्चुगल र मेक्सिको छन् । यस्तै समूह ‘बी’ मा क्यामरुन, चिली, अस्ट्रेलिया र जर्मनी छन् । हरेक समूहको शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा पुग्ने छन् । फाइनल खेल आउँदो जुलाई २ मा हुनेछ ।
प्रतियोगिता अन्तर्गत आज पोर्चुगलले मेक्सिकोसँग खेल्ने छ ।
रुसले न्युजिल्याण्डलाई २–० ले हरायो
0
Share.
Comments