काठमाडौं, २४ जेठ । नेपाल र भारतबिच भएको मैत्रीपूर्ण खेलमा भारत २–० ले विजयी भएको छ । एएफसी एसियन कप २०१९ को छनौटको तयारीमा रहेको नेपाल हिजो भारतसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा २–० गोल अन्तरले पराजित भएको हो ।
खेलको पहिलो हाफमा कुनै पनि टोलीबाट गोल हुन नसकेपछि गोलरहित बराबरीमा सकिएको थियो । ५९ औँ मिनेटमा भारतले पहिलो गोल गरेको हो । ६७ औँ मिनेटमा नेपालका कप्तान विराज महर्जन रातो काड पाएर बाहिरिए । १० खेलाडीमा सिमित नेपालविरुद्ध ७८ औँ मिनेटमा भारतले दोस्रो गोल गरेर २–० गोल अन्तरले विजयी भयो ।
एसियन कपको तयारीमै रहेको भारतकै निमन्त्रणामा नेपाल भारतसँग मुम्बईको अन्धेरी स्पोर्टस कम्प्लेक्समा मैत्रीपूर्ण खेल खेलेको हो । लेबनानसँगको मैत्रीपूर्ण खेल रद्द भएपछि भारतले नेपाललाई बोलाएको थियो ।
आउँदो मंगलबार एसियन कप छनौट अन्तर्गत यमनसँग नेपाल र भारतले पनि त्यही दिन बैंगलोरमा किर्गिस्तानसँग खेल्ने छ ।
नेपाल भारतसँग २-० ले पराजित
0
Share.
Comments