एजेन्सी, २३ जेठ । च्याम्पियन्स ट्रफी क्रिकेट अन्तर्गत हिजो राति भएको बंगलादेश र अस्ट्रेलियाबिचको खेल वर्षाले प्रभावित भएको छ । लक्ष्य पछ्याउँदै अस्ट्रेलियाले ब्याटिङ गर्ने क्रममा पानी परेपछि खेल बिना निष्कर्ष टुंगिएको छ ।
पहिले ब्याटिङ गरेको बंगलादेशले ४४ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर १८२ रन बनायो । बंगलादेशका लागि तमिम इकबालले ९५, शाकिब अल हसनले २९ तथा महेदी हसन मिर्जाले १४ रन बनाए । अस्ट्रेलियाका मिचेल मिचेल स्टार्कले चार तथा एडम जाम्पाले दुई विकेट लिए ।
१८३ रनको लक्ष्य पछ्याउँदै अस्ट्रेलियाले ब्याटिङ सुरु गर्यो । १६ ओभरमा एक विकेटको क्षतिमा ८३ रन बनाएको अवस्थामा पानी परेपछि खेल प्रभावित भयो । अस्ट्रेलियाले जितका लागि ३४ ओभर तथा ९ विकोटमा एक सय रन बनाउन बाँकी रहेको थियो ।
लगातारको वर्षाका कारण खेल बिना निष्कर्ष टुंगियो र अस्ट्रेलिया अंक बाँड्न बाध्य भयो । प्रतियोगिता अन्तर्गत आज कार्डिफमा इंग्ल्याण्ड र न्युजिल्याण्डबिच खेल हुनेछ ।
वर्षाले अस्ट्रेलिया बंगलादेशसँग अंक बाँड्न बाध्य
0
Share.
Comments