काठमाडौं, १८ जेठ । लगातार दुई खेलमा जित निकाल्दै समूह ए मा रहेको पश्चिमाञ्चल बिकास क्षेत्रको टोली जारी प्रधानमन्त्री कप एकदिवशीय क्रिकेटको सेमिफाइनलमा प्रबेश गरेको छ ।
त्रिवि मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको मध्यपश्चिम २३ ओभरमा ६२ रनमा अलआउट भएको थियो । अमर रौतेला राजवीर सिंह र सुबेन्दु पाण्डेले समान १३÷१३ रन बनाउनुबाहेक मध्यपश्चिमका अरुले दोहारो अंकमा रन जोड्न सकेनन् ।
मध्यपश्चिमले दिएको ६३ रनको लक्ष्य पश्चिमाञ्चलले ११.१ ओभरमा ६६ रन बनाएर पूरा गर्यो । उसका लागि अनिल गुरुङले २३ र नूरध्वज सेनले १९ रनको अविजित पारी खेले ।
मध्यपश्चिमको इनिङ ध्वस्त पार्न पश्चिमाञ्चलका विपिन खत्री र लाल अधिकारीले ४र४ विकेट लिए । कृष्ण कार्कीले २ विकेट लिए ।
पश्चिमाञ्चल प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा
0
Share.
Comments