काठमाडौं ।म फेब्रुअरीमा पिचमा फर्कने छु’ भन्दै भारतीय क्रिकेट टिमका पूर्व अलराउन्डर युवराज सिंहले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरे ।
उक्त पोस्ट अहिले निकै भाइरल बनेको छ । यद्यपि उनले आफूले खेल्ने प्रतियोगिताको नाम भने खुलाएनन् । उनले समर्थकलाई जारी टि(२० विश्वकपको सुरुवाती दुई खेल हारेको टोली भारतलाई समर्थन गरिरहन आग्रह पनि गरे ।
‘भगवानले तपाईंको भाग्यको निर्णय गर्नुहुन्छ । समर्थकको इच्छाले म फ्रेब्रुअरीमा मैदान फर्कने तयारीमा छु । तपाईंको भावनाभन्दा ठूलो अरू केही छैन । तपाईंको माया र शुभकामनाको लागि धन्यवाद । मेरा लागि यसले धेरै अर्थ राख्छ’, युवराजले लेखका छन् ।
‘भारतलाई समर्थन गरिरहनुहोस् । यो हाम्रो टोली हो र एक सच्चा फ्यानले कठिन समयमा आफ्नो समर्थन देखाउनेछ’, सिंह थप्छन् ।
भारतीय टिमका पूर्व अलराउन्डर युवराज सिंहले सन् २०१९ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।
सन्यासपछि युवराजले रोड सेफ्टी वर्ल्ड सिरिज, ग्लोबल टि(२०, अबुधाबी टि(१० लिग लगायत विभिन्न प्रतियोगितामा सहभागिता जनाए ।
युवराजले भारतका लागि तीनै प्रारूपमा ४०२ खेल खेल्दा १४ शतक र ६१ अर्धशतकसहित ११ हजार ७७८ रन प्रहार गर्दा १५० विकेट हात पारेका छन् ।
प्रकाशित मितिः २०७८ कार्तिक १७ बुधबार
Comments