काठमाडौं । बेल्जियमका रोमेलु लुकाकु र इडेन हाजार्डले नेसन्स लिग अन्तर्गत इटालीविरुद्धको खेल गुमाउने भएका छन् ।
बेल्जियमका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले दुबै खेलाडी पूर्ण फिट नभएको कारण इटालीविरुद्ध नखेल्ने बताएका छन् । दुबैको मांशपेशीमा समस्या देखिएको बताईएको छ ।
‘उनीहरु खेल्नका लागि उपयुक्त अवस्थामा छैनन्,’ मार्टिनेजले भनेका छन् ।
मार्टिनेजले दुबै खेलाडीले राष्ट्रिय टिमको क्याम्प छाडिसकेका समेत बताए ।
बेल्जियमले नेसन्स लिग अन्तर्गत तेस्रो स्थानका लागि आज राति इटालीविरुद्ध खेल्नेछ ।
प्रकाशित मितिः २०७८ असोज २४ आइतबार
Comments