काठमाडौं, ४ चैत । सन् २०१८ मा चीनमा हुने एएफसी अण्डर २३ च्यामिपयनसीपको छनौट प्रतियोगितामा नेपाल युएईसँगै समूह डी मा परेको छ ।
आज एएफसी मुख्यालयमा भएको छनौट ड्र मा नेपाल समूह डी मा परेको हो । समूह डीमा नेपालसँगै युएई, उज्वेकिस्तान र लेवनान छन् ।
समूह डी अन्तर्गतको छनौट खेल आगामी १५ देखि २३ जुलाईमा युएईमा हुनेछ । नेपालले समूहको आफ्नो पहिलो खेल युएईसँग जुलाई १९, उज्वेकिस्तानसँग जुलाई २१ र लेवनानसँग जुलाई २३ मा खेल्नेछ ।
एसियाका ४० टोलीलाई पूर्वी एसिया र पश्चिम एसिया गरी दुई भागमा बिभाजन गरेर पाँच पाँच समूह बनाइएको छ । समूहको बिजेता र उत्कृष्ट ६ उपबिजेता गरी १६ टिमले अर्को बर्ष चीनमा हुने प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
एएफसी यु-२३ को छनौटमा नेपाल कठिन समूहमा
0
Share.
Comments