एजेन्सी, ३ चैत । युरोपको सबैभन्दा ठूलो क्लव फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।
गएराति भएको खेलमा मोनाको र एथ्लेटिको मड्रिडले आ–आफ्नो खेलका जित निकालेसँगै प्रतियोगिताको क्वार्टरफाइनल समीकरण बनेको हो ।
च्याम्पियन्स लिगको अन्तिम ८ मा स्पेनका ३, जर्मनीका २, फ्रान्स, इटली र इंग्ल्याण्डका एक एक क्लवले स्थान बनाएका छन् ।
स्पेनको बार्सिलोना, रियल मड्रिड र एथ्लेटिको मड्रिड, जर्मनीको बार्यन म्युनिख र बोरुशिया डर्टमुण्ड, फ्रान्सेली टोली मोनाको, इटलीयन च्याम्पियन युभेन्टस र इंग्लिस च्याम्पियन लिसेस्टर सिटी क्वार्टरफाइनलमा पुगेका छन् ।
च्याम्पियन्स लिगको सेमिफाइनल ड्र शुक्रबार हुनेछ ।
च्याम्पियन्स लिगको क्वार्टरफाइनल समीकरण पूरा
0
Share.
Comments