काठमाडौं । जर्मनीमा आयोजना हुने बर्लिन म्याराथनमा सहभागिता जनाउन नेपाली धावक गोपिचन्द्र पार्कीलाई बिदाई गरिएको छ । नेपालगञ्ज म्याराथनले मंगलबार धावक पार्की र प्रशिक्षक सन्तोष श्रेष्ठलाई बिदाई गरेको हो। धावक पार्की र प्रशिक्षक सन्तोष श्रेष्ठ आज जर्मनी जाँदै छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल, नेपालगञ्ज म्याराथनका टिएस ठकुरी लगायतले उनीहरुलाई बिदाई गरे। विश्व चर्चित बर्लिन म्याराथन जर्मनीको बर्लिनमा सेप्टेम्बर २९ मा हुनेछ ।
प्रकाशित मितिः २०७८ असोज ०५ मंगलबार
Comments