एजेन्सी, २ चैत्र । इंग्लिस क्लब लेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को दोस्रो लेग अन्तर्गत गएराति घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीले १० खेलाडीमा सीमित स्पेनिस क्लब सेभिल्लालाई २–० ले हराएर समग्रमा ३–२ को जितसहित क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
इंग्लिस प्रिमियर लिगको साबिक विजेता लेस्टर पहिलो लेगमा सेभिल्लासँग २–१ ले पराजित भएको थियो । लेस्टरको जितमा कप्तान वेस मोर्गान र मार्क अलब्राइटनले गोल गरे । २७ औं मिनेटमा मोर्गानले गोल गर्दै पहिलो हाफमा लेस्टरलाई १–० को अग्रता दिलाए । ५४ औं मिनेटमा अलब्राइटनले अग्रता दोब्बर पारे ।
७४ औं मिनेटमा समिर नास्री दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सेभिल्ला १० खेलाडीमा सीमित भएको थियो ।
लेस्टर सिटी क्वाटरफाइनलमा पुग्यो
0
Share.
Comments