काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा बेल्जियमले जित निकालेको छ ।
बुधबार राति भएको खेलमा बेल्जियमले बेलारुसलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
बेल्जियमको जितमा डेनिस प्राटले निर्णायक गोल गरे । उनले खेलको ३३ औं मिनेटमा गोल गरेका थिए । जितसँगै बेल्जियमले ६ खेलमा १६ अंक जोडेको छ । बेल्जियम समूह ई को शीर्ष स्थानमा रहेको छ ।
बेलारुस ५ खेलमा ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
यसै समूहको अर्को खेलमा वेल्स र इस्टोनियाले गोलरहित बराबरी खेलेका छन्।
प्रकाशित मितिः २०७८ भाद्र २४ बिहिबार
Comments