काठमाडौं । इर्लिङ हालाण्ड चम्किएको खेलमा नर्वेले विश्वकपको युरोपेली छनोटमा शानदार जित निकालेको छ ।
मंगलबार राति नर्वेले जिब्राल्टरमाथि ५-१ को शानदार जित निकालेको हो ।
नर्वेको जितमा हालाण्डले ह्याट्रिक पुरा गरे । उनको उच्च फर्मसंगै नर्वेले समेत छनोट प्रतियोगितामा आफुलाई अब्बल सावित गरेको छ ।
क्रिस्टियन थोस्र्टभेडको गोलमा नर्वेले सुरुवाती अग्रता बनाएको थियो । हालाण्डले नर्वेको अग्रतालाई दोब्बर बनाउने काम गरे । जिब्राल्टरका रियास स्टाइचले एक गोल गर्दै पाहुना टिमलाई खेलमा फर्काउने कोशिश गरेका थिए ।
तर अलेक्जेन्डर सोरलोथ र हालाण्डले इन्जुरी समयमा ह्याट्रिक पुरा गरेपछि नर्वेले शानदार जित आत्मसाथ गर्यो ।
जर्मन क्लब बोरुसिया डर्टमण्डका फरवार्ड हालाण्डले पछिल्लो ८ खेलमा ११ गोल गरेका छन् । उनले यस सिजन दुई ह्याट्रिक पुरा गरिसकेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७८ भाद्र २३ बुधबार
Comments