काठमाडौं । साफ च्याम्पियनसिप फुटबल माल्दिभ्समा हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघले सोमबार प्रतियोगिता आयोजना गर्ने देशको टुंगो लगाएको हो । आयोजनाका लागि अखिल नेपाल फुटबल संघले पनि दाबेदारिता प्रस्तुत गरेको थियो ।
यस अघि बंगलादेशमा प्रतियोगिता आयोजना हुने तयारी थियो । सेप्टेम्बर १४ देखि २५सम्म ढाकामा हुने भनिएको प्रतियोगिताको कोभिडको महामारीका कारण अन्य देशमा सारिएको हो । एक वर्ष पछि धकेलिएको प्रतियोगिता अन्तत माल्दिभ्समा हुने साफले घोषणा गरेका छ ।
सातै देशको सहमति अनुसार प्रतियोगिता अक्टोबर एक देखि १३ सम्म आयोजना हुनेछ । यसपटक पाँच देशले मात्र सहभागिता जनाउनेछन् । भुटानले कोरोनाको संक्रमणको कारण सहभागि नहुने बताएको छ । भने पाकिस्तान विश्व फुटबलको सर्वोच्च निकाय फिफाको प्रतिबन्धमा परेको छ ।
साफ च्याम्पियनसिप २०१८ मा माल्दिभ्सले भारतलाई हराउँदै उपाधी उचालेको थियो । यस अघि उसले २००८ मा पहिलो पटक साफको उपाधी उचालेको थियो । नेपाल पहिलो पटक साफ च्याम्पियन बन्ने लक्ष्यमा छ । राष्ट्रिय फुटबल टिम अहिले तयारी स्वरुप पोखरामा छ ।
प्रकाशित मितिः २०७८ साउन २५ सोमबार
Comments