एजेन्सी, १२ फागुन । च्याम्पियनस लिग फुटबलमा स्पेनिस क्लब सेभिल्लाले लेस्टर सिटीलाई हराएको छ । च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लिगमा सेभिल्लाले लेस्टरलाई २–१ ले हराएको हो ।
गएराति भएको अन्तिम १६ को पहिलो लिगमा सेभिल्लाका लागि पाब्लो सराबियाले र जोकिन कोरियाले गोल गरे । खेलको १३ औं मिनेटमै लेस्टरका गोलरक्षक कास्मेर स्माइकलले सेभिल्लाको पेनाल्टी रोकेपनि टीमको पराजय भने टार्न सकेनन् । २ शुन्यले पछि परेको लेस्टरका लागि जेमी भार्डीले ७३ औ मिनेटमा गोल गरे ।
लेस्टरले मार्च १४ मा घरेलु मैदानमा सेभिल्लासँग दोस्रो खेल खेल्नेछ । यसै खेलबाट क्वाटरफाइनल पुग्ने टिमको छिनोफानो लाग्छ ।
सेभिल्लाले लेस्टर सिटीलाई हरायो
0
Share.
Comments