काठमाडौं । नेपाली खेलाडी उत्सव सिंहले अमेरिकामा सम्पन्न शारीरिक सुगठन प्रतियोगितामा एकैसाथ दुईवटा स्वर्ण पदक प्राप्त गरेका छन् ।
अमेरिकाको टेक्सस राज्यको उलेन सहरमा प्रोफेसनल न्याचुरल बडी विल्डिङ एसोसिएसनले आयोजना गरेको मिष्टर तथा मिस युएसए प्रतियोगितामा सहभागी सिंहले एकसाथ दुईवटा स्वर्णपदक प्राप्त गरेका हुन् ।
उनले पुरुषतर्फको फिजिक क्याटागोरी र नोभिस क्याटागोरी दुवैमा स्वर्णपदक प्राप्त गरेका हुन् । अमेरिकामा सम्भवतः नेपाली शारीरिक सुगठन खेलाडीले प्राप्त गरेको यो स्वर्णपदक पहिलो हो । यो उपलब्धि सँगसँगै अब उनी व्यावसायिक खेल खेल्नका लागि योग्य पनि भएका छन्
प्रकाशित मितिः २०७८ असार ३० बुधबार
Comments