काठमाडौं । म्यानचेस्टर सिटीका मिडफिल्डर फिल फोडेन युरोपको मोस्ट भ्यालुएबल प्लेयर बनेका छन् ।
फुटबल सम्बन्धि अध्ययन गर्ने संस्था सीआईईएस फुटबल अब्जरभेटरीले निकालेको सूचीमा फोडेन शीर्ष स्थानमा रहेका छन् । इंग्ल्यान्डका युवा मिडफिल्डर फोडेनको ट्रान्सफर भ्यालु १९० मिलियन युरो रहेको छ ।
यस्तै म्यानचेस्टर युनाईटेड फरवार्ड मासन ग्रीनउड दोस्रो स्थानमा रहेका छन् । उनको ट्रान्सफर भ्यालु १७८ मिलियन युरो रहेको छ । तेस्रो स्थानमा रहेका म्यानचेस्टर युनाईटेडका फरवार्ड मार्कुस राषफोर्डको ट्रान्सफर भ्यालु १५९ मिलियन युरो रहेको छ ।
बोरुसिया डर्टमण्डका अर्लिङ हालाण्ड १५६ मिलियन युरोसहित चौंथो र युनाईटेडका ब्रुनो फर्नान्डेस १५४ मिलियन युरोसहित पाँचौ स्थानमा रहेका छन् । त्यस्तै डी योङ, पेड्री,अल्फान्सो डेभिस,जोआ फेलिस र मासन माउन्ट शीर्ष १० भित्र परेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७८ जेठ २५ मंगलबार
Comments