-काठमाडौँ । अष्ट्रेलिया क्रिकेट टिमले बंगलादेशको भ्रमण गर्ने भएको छ । अष्ट्रेलियाले टी-ट्वान्टी सिरिजका लागि आगामी अगष्टमा बंगलादेशको भ्रमण गर्ने भएको हो ।
बंगलादेश क्रिकेट बोर्डले अष्ट्रेलियाको टिम सिरिजका लागि आउने पुष्टि गरेको छ । अष्ट्रेलियाले घरेलु टिमसँग पाँच खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।
यस अघि तीन खेलको सिरिज तय भएपनि अष्ट्रेलिया पाँच खेलको सिरिजका लागि राजी भएको बंगलादेश क्रिकेट बोर्डका क्रिकेट अप्रेसन आक्रम खानले बताएका छन् ।
अष्ट्रेलिया तीन खेलबाट पाँच खेलको सिरिजका लागि सहमत भएका छन् । यो करिब ८ देखि ९ दिनको हुने, उनले भने । अष्ट्रेलिया र बंगलादेशले यस सिरिजलाई टी(ट्वान्टी विश्वकपको तयारीको रुपमा लिएको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ जेठ १३ बिहिबार
Comments