काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाडले सहज जित निकालेको छ । शुक्रबार राति भएको खेलमा सोसिडाडले १० खेलाडीमा सिमित इल्चेलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा सोसिडाडलाई जित दिलाउन अर्टिज एलुस्टोन्डो र मिकेल ओयार्जाबलले एक एक गोल गरे । खेलको ११ औं मिनेटमा राउल गुटीले रातो कार्ड पाएपछि इल्चे सुरुवातमै १० खेलाडीमा समेटिएको थियो ।
तर, सोसिडाडले गोल निकाल्न दोस्रो हाफसम्म कुर्नु पर्यो । खेलको ७२ औं मिनेटमा अर्टिजले गोल गर्दै सोसिडाडलाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको इन्जुरी समयमा ओयार्जाबलले गोल गर्दै सोसिडाडलाई २-० को जित दिलाए । जितसँगै सोसिडाडले ३५ खेलमा ५६ अंक जोडेको छ । सोसिडाड पाँचौं स्थानमा रहेको छ । इल्चे ३० अंक जोडेर १९ औं स्थानमा रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ बैशाख २५ शनिबार
Comments