काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेले खेल्ने पाकिस्तान सुपर लिग (पीएसएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको बाँकी खेलहरु जुन १ बाट सुरु हुने भएको छ ।
कोरोना माहामारीका कारण स्थगित भएको प्रतियोगिताका बाँकी खेलहरु जुनबाट सुरु हुने पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ । बोर्डले सहभागी टिमसँगको छलफलपछि प्रतियोगिताको बाँकी खेल जुन १ बाट सुरु गर्ने निर्णय गरेको हो ।
बोर्डका अनुसार फाइनल खेल जुन २० मा हुनेछ । यस सिजनको लागि नेपालका सन्दिप पनि कराँची पुगेका थिए । सन्दीपले लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने तय थियो ।
प्रकाशित मितिः २०७७ चैत्र ३० सोमबार
Comments