काठमाडौं, १६ माघ । आज सुन तोलामा २ सय रुपैयाँले बढेको छ। गत शुक्रबार प्रतितोला ५४ हजार ६ सय रुपैयाँ रहेको फाइन सुनमा आज २ सय रुपैयाँले बढेर ५४ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै स्टाण्डर्ड सुनको मूल्य ५४ हजार ५ सय रुपैयाँ रहेको छ।
चाँदी भने तोलामा १५ रुपैयाँले बढेको छ। गत शुक्रबार ७ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीमा आज १५ रुपैयाँले बढेर ८ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
सुनचाँदीको मूल्य बढ्यो
0
Share.
Comments