काठमाडौं, १५ मंसिर । साताको पहिलो दिन आइतबारदेखि लगातार तीन दिनसम्म बढेको सुनको भाउ आज भने घटेको छ । हिजो तोलाको ५४ हजार ८ सय रुपैयाँमा कारोबार सुन आज तोलाको दुई सय रुपैयाँले घटेर ५४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको भाउ भने स्थिर रहेको छ । हिजो तोलामा ५ रुपैयाँले घटेर ७ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
२ सयले घट्यो सुन, चाँदी स्थिर
0
Share.
Comments