काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनमा आज सुन ५ सय र चाँदी ५ रुपयाँले बढेको छ । आज छापावाला सुन प्रतितोला ६५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ६५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७६ साउन ३ शुक्रबार
Comments