काठमाडौं । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज बजारमा छापावाला सुन प्रतितोला ५७ हजार २ सय रुपैंयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै, तेजावी सुन पनि स्थिर रहँदै प्रतितोला ५६ हजार ९ सय रुपैंयाँमै कारोबार भईरहेको छ । आज चाँदी पनि स्थिर रहँदै प्रतितोला ७ सय रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७५ मंसिर १६ आइतबार
Comments