भक्तपुर, २९ फागुन । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो प्रति तोला ५७ हजार ६ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज १ सय रुपैयाँले घटेर ५७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार हिजो प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको छ ।
Comments