काठमाडौ, २९ फागुन । रुपैयाँभन्दा बढी लगानीमा उद्योग स्थापना हुने भएका छन्। विशेष आर्थिक क्षेत्र विकास समितिले सेजमा उद्योग स्थापनाका लागि गरेको आह्वानमा १३ वटा उद्योगले दुई खर्ब ६९ अर्ब ७४ करोड ५४ लाख १७ हजार रुपैयाँ बराबरको लगानी गर्ने सम्झौता गरेका छन्।
विशेष आर्थिक क्षेत्र विकास समितिका प्रवक्ता सुन्दर थापाले सेजले उद्योग स्थापनका लागि सम्झौता आह्वान गरेपछि आवदेन दिएका १९ वटा उद्योगमध्ये १३ वटाले उद्योग स्थापनका लागि सेजसगँ सम्झौता गरेको जानकारी दिए।
उद्योग स्थापनका लागि पहिलो चरणमा १९ वटा उद्योगले सेजमा आवदेन दिएका थिए। तर, उद्योगीले समयमा विद्युत् आपूर्ति हुने अवस्था नदेखेपछि पछि हटेका थिए। सेजमा ६९ वटा प्लट ९एक लाख ६७ हजार वर्गमिटर० मध्ये १३ वटा उद्योगले ३८ वटा प्लट ९८८ हजार एक सय ९५ दशमलव ४ मिटर० लिएका छन्।
प्रवक्ता थापाका अनुसार उद्योग स्थापनका लागि सेजसगँ सिद्धार्थ पेट प्लास्ट उद्योग, एक्सन पोलिमर, सुगम नानो हर्बल प्रालि, किरण सुज, इन्टरटेक पाइप एन्ड फिटिङ मिनरल वाटर उद्योग, गर्मेन्ट प्रोसेसिङ उद्योग, एसियन थाइ फुड्स, ट्रान्स हिमालयन बेभरेजलगायत १३ वटा उद्योगले सम्झौता गरेका छन्। यी उद्योगमा करिब तीन हजार जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ।
सेजमा उद्योग स्थापनका लागि आवेदन दिएका १९ वटा उद्योगमध्ये सम्झौता नगरेका ६ वटा उद्योगको आवदेन खारेजी प्रक्रियामा बढाइएको प्रवक्ता थापाले बताए। उद्योग स्थापनका लागि सेजले पहिलो पटक १५ दिनको म्याद दिएको थियो। १५ दिनमा खासै उद्योग नआएपछि सेजले पुन १५ दिन र एक हप्ताको म्यादमा सूचना प्रकाशित गरी सम्झौताका लागि आह्वान गरेको थियो।
कुल ३७ दिनसम्म पनि उद्योगले सम्झौता गर्न नआएपछि उद्योग स्थापनका लागि उद्योगीले सेजमा दिएको आवेदन खारेज प्रक्रियामा लगिएको छ। सेजमा उद्योग स्थापना गर्न चाहेको तर म्याद अवधि समाप्त भइसकेका कारण सम्झौता गर्न नसकेको उद्योगीका लागि सम्झौता गर्न पुनः सूचना प्रकाशित गर्न तयारीमा थालिएको प्रवक्ता थापाले बताए। उनका अनुसार सम्झौताका लागि करिब एक हप्ताभित्र सूचना प्रकाशित गरिनेछ।
सेजसगँ सम्झौता गरेका १३ वटा उद्योग सञ्चालनका लागि ४।४ मेगावाट विद्युत् आवश्यक रहेको र उद्योगको भौतिक संरचना तयार भए लगत्तै विद्युत प्राधिकरणले उपलब्ध गराउने प्रतिबद्धता जनाएको उनले बताए।
Comments