काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो । आज छापावाल सुनको मूल्य एक लाख ७ हजार ६ सय रुपैयाँबाट बढेर एक लाख ८ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
तेजावी सुनको खरिदबिक्री मूल्य एक लाख ८ हजार एक सय रुपैयाँ तोकिएको छ । आइतबार एक लाख ७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य १३३० रुपैयाँबाट बढेर १३४५ रुपैयाँ कायम भएको छ ।
प्रकाशित मितिः २०८० असोज २२ सोमबार
Comments