काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ५२ अंकले बढेको छ। ५२.२६ अंकले बढेर नेप्से दुई हजार ९४.३३ विन्दुमा कायम भएको छ। यस दिन २८० कम्पनीको १ करोड २० लाख ९५ हजार ९६६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८६ करोड ९१ लाख ८४ हजार १६ रुपैयाँ कारोबार भएको छ ।
आज बैंकिङ समूहबाहेक सबै समूहको सूचकमा हरियाली छाएको छ। बैंकिङ समूह ०.२९ प्रतिशतले घट्दा जीवन बिमा समूह सर्वाधिक ६.३८ प्रतिशतले बढेको छ। त्यसैगरी, होटेल तथा टुरिजम ६.१५ प्रतिशतले बढ्दा अन्य समूह ६ प्रतिशतले बढेको छ।
आज ६ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशत र आठवटा कम्पनीको सेयर मूल्य नाै प्रतिशतभन्दा धेरैले बढेको छ। नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, प्रभु लाइफ इन्स्योरेन्स, ग्रिन भेन्चर लिमिटेड, सुपर मादी हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र मेन्छियाम हाइड्रोपवर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाउँदा सुभम् पावर लिमिटेडको सर्वाधिक ५.५८ प्रतिशतले सेयर मूल्य घटेको छ।
प्रकाशित मितिः २०८० असार ०३ आइतबार
Comments