काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई वटा म्युचुअल फन्ड योजनालाई इकाई बिक्री गर्न अनुमति दिएको छ । बोर्डले आरबीबी मर्चेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको ‘आरबीबी म्यचुअल फन्ड–२’ को १२ करोड इकाई बिक्री गर्न अनुमति दिएको छ । यस्तै, सीबीआइएल क्यापिटलले पनि ‘सिटिजन्स सुपर–३०’ को १० करोड इकाई बिक्री गर्न अनुमति पाएको हो ।
बोर्डले अनुमति दिएसँगै यी दुई योेजनाको गरी कुल २२ करोड म्युचुअल फन्ड इकाई बजारमा आउने भएको हो ।अब दुवै फन्डले धितोपत्र बोर्डबाट अुनमति पाएपछि प्रतिइकाई १० रुपैयाँको दरमा म्युचुअल फन्ड जारी हुनेछ । दुवै फन्डले बन्दमुखी योजना निष्कासन गर्न लागेका हुन् ।
प्रकाशित मितिः २०७९ चैत्र १३ सोमबार
Comments