काठमाडौं । महामारीका कारण शून्यमा झरेको पर्यटक आगमनमा यो वर्ष सुधार देखिएको छ । नेपाल आउने पर्यटकमध्ये सन् २०२२ मा सबैभन्दा धेरै सार्क मुलुकबाट आएका छन् । सार्क मुलुकका पर्यटकको संख्या २ लाख ४६ हजार जना छ ।
यस्तै युरोपेली मुलुकहरूबाट १ लाख ३३ हजार जना र अमेरिकी मुलुकका ८६ हजार जना नेपाल आएकाे पर्यटन बाेर्डले जानकारी दिएको छ ।
प्रकाशित मितिः २०७९ पुष १७ आइतबार
Comments