काठमाडौं । चुनावपछि आज खुलेको शेयर बजारमापक नेप्से परिसूचक सामान्य घटेको छ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ७.१३ अङ्कले ओरालो लागेर १९२९.७० को विन्दुमा रोकिएको हो ।
आज कूल २२८ कम्पनीको ३७ लाख ६३ हजार ८३६ कित्ता शेयर एक अर्ब ३५ करोड २८ लाख ८५ हजार ७७९ बराबरको कारोबार भयो । आज कारोबारका आधारमा नेपाल बैंक लिमिटेड शीर्षस्थानमा छ । सो कम्पनीको १२ करोड १६ लाख बराबरको कारोबार भयो ।
त्यस्तै रिडी पावर कम्पनी ८ करोड ६७ लाख रुपैयाँ, हिमालयन डिस्टिलरी ८ करोड ६० लाख १६ हजार रुपैयाँ बराबरको कारोबार भई शीर्ष तीनभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार नेप्से परिसूचक घटे पनि जानकी फाइनान्सको ६.२३ र खप्तड लघुवित्तको शेयर मूल्यमा ४ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, युनिलिभर नेपाल ५.५८ प्रतिशत, सिक्लेस हाइड्रोपावर ४.४८ प्रतिशत र दोर्दीखोला जलविद्युत्का लगानीकर्ताले ४.४४ प्रतिशतले गुमाएका छन् ।
प्रकाशित मितिः २०७९ मंसिर ०६ मंगलबार
Comments