काठमाडौं । पुँजी बजार विकास तथा सुधारको माग राख्दै असार १ गतेदेखि आमरण अनसनमा बसेका लगानीकर्ता तिलक कोइराला र नेपाल धितोपत्र बोर्डबीच १९ बुँदे माग कार्यान्वयनको सहमति भएको छ । सहमति भएसँगै कोइरालाले विगत १० दिनदेखि सुरु गरेको आमरण अनसनको अन्त्य गरेका छन् ।
बोर्ड अध्यक्ष रमेश हमालको हातबाट जुस खाएर उनले आमरण अनसनको अन्त्य गरेका हुन् । आमरण अनसनको अन्त्य गर्दै कोइरालाले पुँजी बजार सुधार र विकासका लागि गठन भएको संघर्ष समिति पनि विगठन भएको बताएका छन् ।
सरकारले साढे ३ वर्ष अघि नै गरिसक्छु भनेका कामहरु पूरा नगर्दा अहिले पुँजी बजारमा गंभीर संकट आएको भन्दै १९ बुँदे मागसहित लगानीकर्ता कोइराला आमरण अनसनमा बसेका थिए । लगानीकर्ताको मागहरू सम्बोधन गर्न बोर्डले लगानीकर्ताहरुले भने बमोजिम नै कार्यान्वयन समिति गठन गर्ने सहमति भएसँगै अमारण अनसन अन्त्य भएको हो ।
प्रकाशित मितिः २०७९ असार १० शुक्रबार
Comments