काठमाडौं । राष्ट्रिय बिमा संस्थानले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा २.१५५ ले धेरै हो । गत वर्ष यसले ४ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको थियो । चैत मसान्तसम्म संस्थानको खुद बिमा शुल्क आम्दानी पनि ७.४३५ ले बढेर ७ अर्ब २७ करोड रुपैयाँ भएको छ । गत वर्ष यसले ६ करोड ७७ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
संस्थानले यो त्रैमाससम्म ३ अर्ब १२ करोड ३८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । यता, कम्पनीले जीवन बिमा कोष भने ३२ अर्ब ४४ करोड रुपैयाँबाट बढोत्तरी गरेर ३९ अर्ब ९९ लाख रुपैयाँ पुर्याएको छ । हाल राष्ट्रिय बिमा संस्थानको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ छ । यसको रिजर्भ कोषमा ३९ करोड १८ लाख रुपैयाँ छ ।
प्रकाशित मितिः २०७९ बैशाख २९ बिहिबार
Comments