काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आजबाट दुइ हाइड्रोपावरको सेयर कारोबार हुँदैछन् । बुधबार सामलिङ पावर कम्पनी लिमिटेड र न्यादी हाइड्रोपावर कम्पनीको आइपीओ नेप्सेमा सूचीकृत भएसँगै आजबाट कारोबार सुरू भएको हो ।
सामलिङको ५० कित्ता आइपीओ नेप्सेमा सूचीकृत भएको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि मूल्यरेञ्ज ९८ रुपैयाँ ७७ पैसादेखि २९५.३१ तोकेको छ ।
नेप्सेले पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्यरेञ्ज तोक्ने गर्दछ । कम्पनीको नेप्से सिम्बोल एसपीसी रहेको छ ।
सर्वसाधारणको लागि निष्काशन गरिएको ७ लाख ३० हजार कित्ता, कम्पनीका संस्थापकहरुले ३७ लाख ७० हजार कित्ता र उद्योग प्रभावित क्षेत्रको लागि निष्काशन गरिएको ५ लाख कित्ता गरी कूल ५० लाख कित्ता नेप्सेमा साधारण सेयर सूचीकृत गरिएको छ ।
प्रकाशित मितिः २०७८ मंसिर ०९ बिहिबार
Comments