काठमाडौं । दशैं सकिएलगतै नेपाली बजारमा सुनको मूल्य बढ्न थालेको छ । सोमबार प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।
सोमबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोलामा १०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ९०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।
सोमबार १ हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रकाशित मितिः २०७८ कार्तिक ०३ बुधबार
Comments