एसिया कपको उपाधिका लागि भारत र श्रीलंकाबीच भिडन्त हुने

0

काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि भारत र सह—आयोजक श्रीलंकाबीच भिडन्त हुने भएको छ । बिहीबार राति भएको खेलमा श्रीलंकाले पाकिस्तानलाई हराएको हो । श्रीलंकाले घरेलु मैदानमा खेलिएको ‘सुपर फोर’ चरणको खेलमा आयोजक पाकिस्तानलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा दुई विकेटले पराजित गरेको हो ।

निर्णायक खेलमा जित हात पारेसँगै श्रीलंका प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको हो । भारत यसअघि नै एसिया कपको फाइनलमा पुगिसकेको छ । प्रतियोगिताको फाइनल खेल आगामी आइतबार कोलम्बोमा हुँदैछ ।

प्रकाशित मितिः २०८० भदौ २९ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments