सिरियामा एक आवासीय भवन भत्कँदा १६ जनाको मृत्यु

0

काठमाडौं । सिरियाको दक्षिणी प्रान्त अलेपोमा रहेको एक आवासीय भवन भत्कँदा १६ जनाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना बालबालिका पनि परेका छन्। प्रहरीका अनुसार उक्त भवनमा सात परिवार बसेका र ती परिवारका १६ जनाको ज्यान गएको हो।

सो स्थानका स्थानीय बासिन्दाले उक्त भवनमा ३५ जनाको बसोबास रहेको बताएका छन्। भवनका भग्नावशेषबाट एक जनालाई मात्र जीवित उद्धार गरिएको छ।

प्रहरीले मृतकको सङ्ख्या अझै बढ्नसक्ने बताएको छ। यहाँको सरकारी समाचार समिति सानाले सो भवनको भग्नावशेषमा पुरिएको आशंकामा उद्धारको काम जारी रहेको जनाएको छ।

प्रकाशित मितिः २०७९ माघ ०९ सोमबार

Comments

comments

Share.
Loading...

Comments