दोस्रो भ्वाइस अफ ग्लोबल साउथ समिटमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने

0

काठमाडौं । भारतले आयोजना गरेको दोस्रो भ्वाइस अफ ग्लोबल साउथ समिटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन् । आजबाट सुरु भएको समिटमा प्रधानमन्त्री प्रचण्डले साँझ भिडियो सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

समिटका उद्घाटन सत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बाेधन गरेका थिए । भारतले आयोजना गरेको समिटमा विभिन्न देशमा प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । २०७९ पुसमा पहिलोपटक भारतले भ्वाइस अफ ग्लोबल साउथ समिट आयोजना गरेको थियो ।

उक्त समिटमा ग्लोबल साउथका १२५ राष्ट्रहरूको भर्चुअल उपस्थिति थियो । अहिलेको समिटमा भोलि शनिबार विदेशी मन्त्रीहरूको सम्बोधन हुने कार्यक्रम रहेको छ भने आइतबार अर्थमन्त्रीहरूले सम्बोधन गर्ने कार्यक्रम राखिएको छ ।

समिटमा शिक्षामन्त्री, स्वास्थ्यमन्त्री, उद्योगमन्त्री, ऊर्जा मन्त्रीहरूको पनि सम्बोधन रहने बताइएको छ । विकाससील देशहरूको आवाजलाई बलियो बनाउन ग्लोबल साउथ समिटजस्ता फोरम सहयोगी हुने बताइन्छ । जी–२० को अध्यक्षता गरेको समयमा भारतले ग्लोबल साउथका सरोकारहरूलाई समयमै सम्बोधन गर्ने र जल्दो बल्दो विश्वव्यापी चुनौतीका समाधान खोज्ने क्रममा ग्लोबल साउथका प्राथमिकतालाई ध्यानमा राखेको बताइरहेको छ ।

साउथ समिट १० वटा सत्रमा विभाजन गरी उद्घाटन र समापन सत्र राष्ट्र प्रमुख तथा सरकार तहमा गरिनेछ । ग्लोबल साउथ समिटको सञ्चालन भने प्रधानमन्त्री मोदीले गरेका छन् । उद्घाटन सत्रमा ‘ एकसाथ, सबैको विकासका लागि, सबैको विश्वाससँगै’ र समापन सत्रमा ‘ग्लोबल साउथः एक भविष्यका लागि एकसाथ’ को थिममा विशेष सम्बोधन रहेको छ ।

प्रकाशित मितिः २०८० मंसिर ०१ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments