काठमाडौं । सरकाले अपर अरुण जलविद्युत परियोजनाको पूर्वतयारीको लागि विश्व बैंकबाट प्राप्त हुने ६ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने भएको छ ।
शुक्रवार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अमेरिकासंग ६ मिलियन डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको बताएकी हुन् ।
उनले कर प्रणली सुधारका लागि राय सहितको सुझाव पेश गर्न श्री विद्याधर मल्लिकको अध्यक्षतामा पाँच सदस्यीय कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समिति गठन गर्ने, कम्पनी दर्ता र पूँजी वेद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिनेसम्बन्धी सूचना प्रकाशन गर्न स्वीकृति दिने, राष्ट्रिय सिँचाई नीति, २०८० स्वीकृत गर्ने निर्णय भएको बताइन् ।
यस्तो छ शुक्रबार बसेको मन्त्रीपरिषद बैठकको २३ निर्णयहरू :
प्रकाशित मितिः २०८० भदौ ३१ आइतबार
Comments