जोर्डी अल्बाले बार्सिलोना छाड्ने

0

काठमाडौं । स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाका डिफेन्डर जोर्डी अल्बाले क्लब छाड्ने भएका छन् ।

३४ वर्षीय लेफ्ट ब्याक अल्बाले यसै समरमा बार्सिलोना छाड्ने भएका छन् ।

बार्सिलोना र अल्बाबीच सम्झौता अन्त्य गर्नका लागि सहमति बनेको बीबीसीले जनाएको छ ।

स्पेनिस डिफेन्डर अल्बा सन् २०१२ मा भ्यालेन्सियाबाट बार्सिलोना आएका थिए ।

बार्सिलोनाका लागि अल्बा ६ ला लिगा, ५ कोपा डेल रे र २०१५ मा च्याम्पियन्स लिग जितेका छन् ।

यस सिजनमा बार्सिलोनाले ला लिगा जित्दा उनले २९ खेल खेलेका थिए । उनले क्याटालान क्लबबाट ४५८ खेल खेलेका छन्। एजेन्सी

Comments

comments

Share.
Loading...

Comments