भक्तपुर । भक्तपुरको प्रसिद्घ बिस्का जात्राको प्रमुख मानिने लिङ्गो आज केही समयपछि लिङ्गो ढालिदै छ ।
तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी आज साँझ ५ बजेपछि लिङ्गो ढालिने जनाइएको छ ।
बिस्का जात्राको चौथो दिन शनिबार साँझ ६ बजेमा भेलुखेलस्थित ल्यासिंखेलमा उठाइएको लिङ्गो आज तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी लिङ्गो ढालिँदै छ ।
लिङ्गो ठड्याउनुअघि लिङ्गोको टुप्पोमा नाग र नागिनीको प्रतीकस्वरूप दुईवटा ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ वटा डोरीले तानेर उक्त लिङ्गो ठड्याइने प्रचलन रहेको छ । त्यही आठ वटा डोरीले आठ कुनामा बसेर लिङ्गो ढालिन लागिएको हो ।
लिङ्गो उभ्याइने र ढाल्ने जात्रा नै बिस्काको प्रमुख आकर्षण पक्ष हो ।
प्रकाशित मितिः२०७६ वैशाख १ आइतबार
Comments