काठमाडौं, ३ माघ । सरकारले सात प्रदेशमा प्रदेश प्रमुख तोकेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख तोकेको हो ।
प्रदेश प्रमुखमा कांग्रेस र मधेसवादी दुई दलले भागवन्डा गरेका छन् । ५ मा राजपा र १ मा फोरमको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरिएको छ भन ५ जना कांग्रेसको सिफारिसमा परेका छन् ।
मन्त्रिपरिषदका निर्णय अनुसार प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ल प्रदेश प्रमुखमा नियुक्त भएको हो ।
सातै प्रदेशका प्रदेश प्रमुख ताेकिए
0
Share.
Comments