काठमाडौं, २५ कात्तिक । आज सुनको भाउ तोलामा एकैपटक १४ सय रुपैयाँले घटेको छ । अमेरिकामा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि हिजो सुनको भाउ एक्कासी हिजो १३ सय रुपैयाँले बढेको सुन आज १४ सय रुपैयाँले घटेको हो ।
आज सुन प्रतितोला ५६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलाको ५८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर ८ सय ३५ रुपैयाँ कोरोबार भइरहेको छ ।
१४ सयले सस्तियो सुन
0
Share.
Comments