सविता जीसी ।
सुर्खेत, ९ जेठ । बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा खटिएर कालीकोटबाट सुर्खेत आउँदै गरेका प्रहरी सवार रहेको मिनी जीप सुर्खेतमा दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको छ ।
सुर्खेत–दैलेख सडक खण्ड अन्र्तगत वीरेन्द्रनगर–१४ गोठिकाडा भन्दा २ किलोमिटर माथि साउनेपानी भन्ने स्थानमा ना १ ग ४७६ नम्बरको जीप मंगलबार बिहान दुर्घटना १ को मृत्यु भएको छ भने, २५ जना प्रहरी घाइते भएका छन् । उक्त जिप सडकबाट अन्दाजी २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख मोहन आचार्यले जानकारी दिए ।
जिप अनियन्त्रित भई दुर्घटना भएको र दुर्घटना स्थलबाट उपचारको लागि वीरेन्द्रनगर ल्याउँदै गर्दा रुकुम घर भएका प्रहरी जवान तारा चन्दको मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ । अन्य घाईतेहरुको वीरेन्द्रनगरको देउती अस्पताल र मध्यपश्चिमाञ्चल क्षेत्रिय अस्पताल कालागाउँमा उपचार भइरहेको छ । आर्चायका अनुसार जीप अनियन्त्रीत भएपछि सडकबाट खसेको थियो । घाईतेहरुको अवस्था सामान्य रहेको एसपी आचार्यले जानकारी दिएका छन् ।
Comments