काठमाडौं, ५ बैशाख । भारत भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई समकक्षी प्रणव मुखर्जी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा स्वागत गरेका छन् । राष्ट्रपति भण्डारीको स्वागतका लागि राखिएको गार्ड अफ अनर कार्यक्रममा भारतीय समकक्षी मुखर्जी र प्रधानमन्त्री मोदीले स्वागत गरेका हुन् ।
भारतको राष्ट्रपति भवन फोरकोर्टमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीलाई शुरुमा मुखर्जी र त्यसपछि मोदीले स्वागत गरेका थिए ।
त्यहाँ स्वागत ग्रहण गरेपछि राष्ट्रपति भण्डारी विहान साढे ९ बजे राजघाटस्थित माहात्मा गान्धीको समाधिस्थलमा पुगेर सम्मान प्रकट गरेकी छन् ।
राष्ट्रपति भण्डारीलाई मुखर्जी र मोदीको विशेष सम्मान
0
Share.
Comments