काठमाडौं, ४ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी भारत भ्रमण जाने र आउने दुबै दिन विदा दिने प्रस्तावमा आउने दिन अर्थात शुक्रबारको सार्वजनिक विदा सरकारले फिर्ता लिने निर्णय गरेको छ । चर्को आलोचनापछि सरकारले एक दिन मात्र विदा दिने भन्दै शुक्रवारको विदा फिर्ता लिने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।
हिजो बसेको मन्त्रीपरिषद् बैठकले आज र फर्कने दिन शुक्रवार विदा दिने निर्णय गरेको थियो । गृह मन्त्रालय स्रोतका अनुसार सरकारले जाने दिन मात्र विदा दिने भन्दै आउने दिनको विदा फिर्ता लिने निर्णय गरेको हो ।
राष्ट्रपति भण्डारी आउने दिन दिइएको विदा फिर्ता लिने निर्णय
0
Share.
Comments