संविधान संशोधनको प्रस्ताव र राष्ट्रियताको प्रश्न

0
। मोहनविक्रम सिंह ।
कुनै पनि देशको संविधानमा संशोधन एउटा सामान्य संवैधानिक प्रक्रिया हो । संसारका सबै राष्ट्रहरूमा संविधानमा संशोधनको विधि हुन्छ, यो विधि अनुसार संविधानमा बारम्बार संशोधन हुने गर्दछ । तर अहिले नेपालको संविधानमा संशोधन एउटा गम्भीर, जटिल र विकराल प्रश्न बनेको छ । त्यो कारणले हाम्रो देशको राष्ट्रियतामा नै गम्भीर खतरा उत्पन्न भएको छ । त्यसबाट देशको स्वतन्त्र अस्तित्व नै समाप्त हुने ता होइन ? गम्भीर आशङ्का पनि उत्पन्न भएको छ । नेपालमा संविधान संशोधनको प्रश्नले त्यस प्रकारको गम्भीर र विकराल रूप लिनुको मूल कारक तत्व हो – भारतीय विस्तारवाद । (यसपछि संक्षिप्तमा भारत मात्र) । संसारको कुनै देशलाई झै नेपाललाई पनि आफ्नो संविधान बनाउने वा आवश्यकतानुसार त्यसमा संशोधन गर्ने सार्वभौम अधिकार छ । तर नेपालको त्यो सार्वभौम अधिकारमाथि भारतले कुठाराघात गरेको छ ।
नेपालले आफ्नो आवश्यकता अनुसार संविधानमा संशोधनको प्रश्न उठाएको भए त्यो स्वाभाविक हुन्थ्यो । तर भारतले त्यो प्रश्नमा लगातार हस्तक्षेप गर्ने नीति अपनाएको छ । त्यसले पहिले संविधानको निर्माणको क्रममा दवाव दिएर त्यसलाई प्रभावित गर्ने प्रयत्न गरेको थियो । संविधान सभाले त्यसको निर्माण गरिसकेपछि पनि भारतले त्यसलाई जारी गर्न केही दिनलाई स्थगित राख्न दवाव दिएको थियो । त्यसका पछाडिको भारतको उद्देश्य थियो, संविधान जारी गर्ने समय केही पर लगेपछि पार्टीहरूलाई फुटाएर वा संसदहरूलाई फुटाएर आफ्ना विस्तारवादी आवश्यकतानुसार संविधानलाई परिवर्तन गर्न सकिने छ । तर नेपालका सत्ता र विपक्षका प्रमुख राजनीतिक शक्तिहरूले एकतावद्ध भएर निर्धारित कार्य तालिका अनुसार नै संविधान जारी गरे ।
भारतीय दवावका विरुद्ध नेपालका राजनीतिक शक्तिहरूले देखाएको त्यस प्रकारको ऐक्यवद्धता र दृढता नेपालको इतिहासको नै गौरवपूर्ण पक्ष थियो । खास गरेर जुन राजनीतिक शक्तिहरूले बारम्बार भारतप्रति सम्झौतापरस्त र राष्ट्रघातको नीति अपनाउँदै आएका थिए, उनीहरूले प्रदर्शन गरेको त्यो दृढता सामान्य कुरा थिएन । त्यो इतिहासको नै एउटा अद्वितीय उदाहरण थियो । उनीहरूले देखाएको त्यस प्रकारको दृढता भारतका लागि असह्य बन्न गयो । नेपालका राजनीतिक शक्तिहरूले प्रदर्शन गरेको स्वाभिमान र दृढताको जबाफमा भारतले तीनवटा नीतिहरू अपनायो ः प्रथम, नेपालका प्रमुख राजनीतिक शक्तिहरूमा फुट पार्ने । द्वितीय, भारतीय इच्छाका विरुद्ध बनेको नेपालको संविधानमा संशोधनका लागि दवाव दिने । तृतीय, संशोधनलाई स्वीकार गर्न वाध्य गर्न नाकाबन्दी लगाउने ।
संविधानको निर्माणको बेलामा नेपालका राजनीतिक शक्तिहरूका बीचमा देखापरेको एकतामा फुट पार्न भारत सजिलैसित सफल भयो । सुशील कोइरालालाई प्रधानमन्त्री पदको प्रलोभन दिएर ऊ (भारत) नेपाली काङ्ग्रेसलाई फुटाउन सफल भयो । संविधानको निर्माणमा नेपालका राजनीतिक शक्तिहरूले जुन एकताको प्रदर्शन गरेका थिए, संविधानको कार्यान्वयनमा पनि त्यही प्रकारको एकता कायम भएको भए त्यसले नेपालमा लोकतन्त्रलाई सुदृढ गर्न र देशमा विकासका लागि पनि महत्वपूर्ण योगदान दिन सक्दथ्यो । तर ने.का. भारतको कुटिल चालको शिकार भयो । त्यो कारणले नेपालको लोकतन्त्र र विकासमा गम्भीर प्रकारको कुठाराघात पुग्यो ।
भारतले संविधानमा संशोधनका लागि कैयौँ संशोधनहरू अगाडि बढायो । त्यस प्रकारका संशोधनहरू राखेको कुरालाई भारतले खुला रूपले स्वीकार गरेको छैन । नेपालका विरुद्ध भारतले नाकाबन्दी लगाएको आम रूपमा र विश्वव्यापी रूपमा थाहा भएको कुरालाई पनि त्यसले खुला रूपमा स्वीकार गरेको छैन । तर त्यो सत्य थियो । त्यही प्रकारले त्यसले संविधानमा त्यस प्रकारका संशोधन प्रस्तावहरू स्वीकार गर्न नेपालमाथि दवाव दिएको कुरा पनि सत्य हो । भारतको एउटा प्रसिद्ध पत्रिका ‘इण्डिया डुटे’ले नै भारतले त्यस प्रकारका संशोधन प्रस्तावहरू राखेको कुरालाई सविस्तार प्रकाशमा ल्याएको थियो । प्रकट रूपमा ती संशोधन प्रस्तावहरूलाई भारतले मधेशवादीहरूको मध्यमद्वारा प्रस्तुत गर्ने गरेको छ ।
आफ्ना संशोधन प्रस्तावहरू पूरा गर्न दवाव दिन भारतले नेपालका विरुद्ध नाकाबन्दी लगायो । त्यो नाकाबन्दीको नेपाली जनताले दृढतापूर्वक सामना गरे । त्यो नाकाबन्दीका दौरानमा नेपाली जनता विभिन्न राजनीतिक शक्तिहरू र सरकार सामेलका बीचमा ऐक्यवद्धता देखापर्‍यो । भारतले सधैँ नेपालको चीनसितको सम्बन्धलाई नियन्त्रित गर्न दवाव दिंदै आएको छ । तर त्यो नाकाबन्दीको अवधिमा नै ओली सरकारले चीनसित पारवहन सन्धि समेत गर्ने दृढता देखायो । तर त्यो नाकाबन्दीको पछिल्ला दिनमा ओली सरकारले नाकाबन्दी फुकाउन पहिले सुशील कोइरालाले दर्ता गराएको संविधान संशोधन विधेयकलाई पारित गराउन पहल गर्‍यो र त्यो पारित पनि भयो ।
त्यो विधेयकले मुख्य रूपले जनसङ्ख्यालाई आधार बनाएर संसदीय निर्वाचन क्षेत्रहरू निर्धारित गर्ने व्यवस्था गरेको थियो । ओली सरकारमा भएका राजनीतिक सङ्गठनहरूका अन्य सबै सांसदहरूले त्यसलाई समर्थन गरे । तर ओली सरकारमा भएको भएपनि राष्ट्रिय जनमोर्चँले त्यो विधेयकलाई समर्थन गरेन । तात्कालिक उपप्रधानमन्त्री का. चित्रबहादुर के.सी. र राष्ट्रिय जनमोर्चाका सांसदहरूले त्यो विधेयकका विरुद्ध मतदान दिएर संसदीय प्रणालीमा नै एउटा ऐतिहासिक उदाहरण प्रस्तुत गरेका थिए । तर संसदद्वारा पारित त्यो संशोधन विधेयकले पनि आफ्ना आवश्यकताहरू पूरा नगर्ने भनेर मधेशवादीहरूले त्यसलाई समर्थन गरेनन् ।
सामान्यतः नेपालको राजनीतिलाई, विशेषतः संविधान संशोधनको समस्यालाई ठीकसित बुझ्न मधेशवादीहरूको राजनीतिक चरित्र र भूमिकालाई सही प्रकारले बुझ्नु पर्ने आवश्यकता छ । उनीहरूले आफूलाई मधेशी वा थारु जनताका प्रतिनिधिका रूपमा प्रस्तुत गर्दैछन् । तर वास्तवमा उनीहरूले तराईका मधेशी वा थारु जनताको होइन, भारतीय विस्तारवादका स्वार्थहरूको प्रतिनिधित्व गर्दछन् । आफ्नो त्यस प्रकारको चरित्र अनुसार नै उनीहरूले भारतको नेपाल प्रतिको विस्तारवादी स्वार्थ पूरा गर्नका लागि भूमिका खेल्दै आएका छन् । त्यही नीति अनुसार नै भारतले अगाडि सारेको संविधानमा संशोधनको प्रस्तावलाई पूरा गराउन पनि उनीहरूले आन्दोलन गर्ने गरेका छन् । तराईका मधेशी सहित त्यहाँका शोषित जनताका मागहरूलाई पूरा गराउन वा उनीहरूमाथि हुने सामन्ती शोषण र उत्पीडनको अन्तका लागि कम्युनिष्ट पार्टीले लामो समयदेखि सङ्घर्ष गर्दै आएको छ । त्यस सिलसिलामा तराईमा चलेका किसान आन्दोलनको लामो पृष्ठभूमि छ । तर मधेशवादीहरूको तराईका शोषित, उत्पीडित जनताका मागहरूसित टाढाको पनि सम्बन्ध छैन । उनीहरूले भारतीय विस्तारवादी स्वार्थ र तराईका ठूला जमिन्दारहरूको सामन्ती स्वार्थहरूको प्रतिनिधित्व गर्दछन् । त्यसैले उनीहरूको मुख्य प्रयत्न तराईका जनतामाथिको सामन्ती शोषणको अन्त्य गर्ने होइन, त्यसलाई अरू मजबुत पार्ने नै हुन्छ । उनीहरूले प्रारम्भदेखि नै पृथकतावादी नीतिमा जोड दिंदै आएका छन् । उनीहरूको त्यस प्रकारको नीति वा भूमिकाबाट देशलाई बचाउन सबै देशभक्तहरूका बीचमा उच्च प्रकारको सतर्कता र ऐक्यवद्धता हुनुपर्ने आवश्यकता छ ।
मधेशवादीहरूभन्दा बेग्लै मधेशी वा थारु जनतामा उच्च प्रकारको देशभक्तिको भावना छ । २०७० को संविधानसभाको चुनावमा उनीहरूले ठूलो मात्रामा पृथकतावादी मधेशवादीहरूका विरुद्ध मतदान गरेको र सप्तरीको तिलाथीमा नेपालको सीमाको रक्षाका लागि मधेशीहरूले गरेको सङ्घर्ष समेतका उदाहरणहरूबाट पनि त्यो कुरा प्रष्ट भएको छ । हामीले तराइमा मधेशी र थारु जनता तथा मधेशवादीहरूका बीचमा भएको त्यो आधारभूत प्रकारको भिन्नतालाई सधैँ ध्यानमा राख्नु पर्दछ ।
भारतले संविधानमा जुन संशोधनहरू गर्नका लागि जोड लगाउने वा दवाव दिने गरको छ, त्यसको उद्देश्य समग्र रूपमा यो हो ः प्रथम, संसदमा मधेशवादीहरूको बहुमत गराउने आधार तयार पार्नु । द्वितीय, तराइलाई नेपालबाट स्वतन्त्र गराउन, भारतमा गाभ्न र अन्तमा नेपालाई दोस्रो सिक्किम बनाउनका लागि संवैधानिक मार्ग प्रसस्त गर्नु । तराईलाई स्वतन्त्र बनाएर गाम्नु वा नेपाललाई सिक्किम बनाउनुभन्दा पहिले फिजी वा भूटानको बाटो गएर पनि नेपालमा प्रभूत्व कायम गर्न भारतले प्रयत्न गर्ने सम्भावनातिर पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । त्यो क्रममा फिजीमा जस्तै भारतले कैयौँ व्यक्तिहरूलाई महेन्द्र सिंह चौधरीलाई जस्तै पर्दामा ल्याउने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । कैयौँ मधेशवादीहरूले त्यसका लागि रिहल्र्सल पनि गरिरहेका छन् । अङ्गिकृत नागरिकलाई बंशज नागरिक सरह सबै उच्च संवैधानिक पदहरूमा पुग्ने अधिकार हुनुपर्दछ भनेर माग गर्नुका पछाडिको उद्देश्य पनि त्यही हो । प्रकट रूपमा भूटान स्वतन्त्र छ । त्यो संयुक्त राष्ट्रसङ्घको सदस्य पनि छ । तर यथार्थमा त्यहाँ भारतको कठपुतली सरकार छ । भारतले नेपालमा बेग्लाबेग्लै कठपुतली सरकार बनाएर नेपाललाई भूटान जस्तो बनाउन पनि प्रयत्न गरिरहेको छ । नेपाली जनताको उच्च प्रकारको सतर्कता र देशभक्तिको भावना र ऐक्यवद्धताबाट नै भारतको नेपालाई फिजी, भूटान वा सिक्किम बनाउने प्रयत्नहरूलाई रोक्न सकिने छ र रोक्नु पनि पर्दछ ।
भारतमा अङ्ग्रेजको शासनको अन्त भएर भारतीय काङ्ग्रेसको सरकार बनेपछि तात्कालीन उपप्रधानमन्त्री तथा गृहमन्त्री सरदार बल्ल्भभाइ पटेलले नेपाललाई निजामको हैदरावादलाई झै भारतमा सामेल गर्ने नीति घोषित गरेका थिए । उनको छिटै मृत्यु भएकोले उनको त्यो सपना पूरा हुन पाएन । भारतका सबै शासक वर्गहरूले नेपाल प्रति विस्तारवादी दृष्टिकोण नै अपनाउँदै आएका छन् । तर पटेलको तुलनामा नेहरू उपेक्षाकृत उदार भएकाले उनले प्रत्यक्ष रूपले नेपाललाई भारतमा मिलाउने काम गरेनन् । भाजपाले सधैँ नेहरूको विरोध गर्ने र पटेललाई नै आफ्नो आदर्श पुरुष मान्दै आएको छ । अहिले मोदी सरकारले नेपाल प्रतिको पटेको सपनालाई पूरा गर्न योजनावद्ध प्रकारले काम गर्ने नीति अपनाएको छ । त्यो उद्देश्य पूरा गर्नका लागि संविधानमा संशोधनको नीतिलाई त्यसले आफ्नो मुख्य हतियार बनाएको छ । संविधानमा संशोधनका लागि भारतले प्रस्तुत गरेका संशोधनहरू त्यही उद्देश्यद्वारा निर्देशित छन् । त्यसका पछाडि सायद मोदीको यो दृष्टिकोणले पनि काम गरेको छ कि नेपाललाई पूरै सिक्किम बनाउने उद्देश्य तत्काल पूरा हुन नसके पनि आफ्नो कार्यकालमा तराईलाई नेपालबाट अलग गराउन सके भारतको आगामी संसदीय चुनावमा भाजपालाई महत्वपूर्ण सफलता प्राप्त हुनेछ । सायद त्यसैले पनि मधेशको प्रश्नलाई भाजपाको सरकारले उच्च प्राथमिकता दिएको छ र त्यसमा सफलता प्राप्त गर्न सबै गोटीहरूको परिचालन गरिरहेको छ । त्यसकारण त्यो समस्यालाई हामीले हल्का रूपमा लिने गल्ति गर्नु अत्यन्त घातक कुरा हुनेछ ।
भारतका बेग्लाबेग्लै शासक वर्गको नेपाल प्रतिको विस्तारवादी नीतिमा भएको एउटा अन्तरमाथि पनि हाम्रो ध्यान जानुपर्दछ । भाजपा कट्टर हिन्दूवादीहरूको पार्टी हो । भारतीय काङ्ग्रेसको सरकारलेभन्दा बेग्लै त्यसले नेपाललाई हिन्दू राष्ट्र बनाउन पनि पूरा प्रयत्न गरिरहेको छ । नेपालको कट्टर हिन्दूवादी वा राजावादीहरूसित साँठगाँठ गरेर वा अन्य राजनीतिक शक्तिहरूलाई पनि दवाव वा प्रलोभन दिएर त्यसले नेपालाई हिन्दू राष्ट्र बनाउन योजनावद्ध प्रकारले प्रयत्न गरिरहेको छ । नेपाललाई एकपल्ट हिन्दू राष्ट्र बनाउन सफल भएपछि नेपालमा राजतन्त्रको पुनस्र्थापना गर्न उनीहरूलाई कुनै खास कठिनाई हुने छैन । उनीहरूले हिन्दू धर्मको रक्षाका लागि हिन्दू राजाको कार्ड अगाडि ल्याउन सक्दछन् । त्यसरी मोदी सरकारको नीतिबाट नेपालमा गणतन्त्र र धर्म निरपेक्षता पनि समाप्त हुने गम्भीर खतरा उत्पन्न भएको छ, यस प्रसङ्गमा यहाँ यो पनि उल्लेखनीय छ कि पहिले गणतन्त्र वा धर्म निरपेक्षताको पक्षमा भएको ने.का.भित्र पनि हिन्दुराष्ट्र र राजतन्त्रका पक्षमा मत बढ्दै गएको छ । त्यसले गर्दा नेपालमा गणतन्त्र र धर्मनिरपेक्षताका अगाडि खतरा बढ्दै गएको छ ।
पहिले मधेशवादीहरूको नारा थियो ः एक मधेश, एक प्रदेश । तर पश्चिम तराईमा थारुहरूले आफ्ना लागि बेग्लै प्रदेशको माग गरेपछि उनीहरूले दुई प्रदेशको कुरा गरिरहेका छन् । त्यसरी पहाडबाट अलग गरेर दुई प्रदेश बनेपछि उनीहरूको आगामी कदम हुनेछ ः तराईलाई नेपालबाट अलग गराउने । त्यसका साथै उनीहरूले जनसङ्ख्याका आधारमा मात्र निर्वाचन क्षेत्रहरूको निर्धारण, उदार नागरिकता नीति, अङ्गिकृत नागरिकतालाई बंशज नागरिक सरह सबै उच्च संवैधानिक पदहरूमा पुग्ने अधिकार समेतमा जोड दिइरहेका छन् । त्यसका पछाडिको उनीहरूको उद्देश्य हो, संसदमा आफ्नो बहुमत गराउने र सबै उच्च संवैधानिक पदहरूमा पुग्ने बाटो खोल्नु । त्यसपछि सिक्किमको संविधान सभाले बहुमतद्वारा भारतमा मिल्नका लागि निर्णय गरेजस्तै नेपाललाई भारतमा मिलाउन निर्णय गर्न पनि उनीहरूलाई कुनै गाह्रो पर्ने छैन । त्यसैले उनीहरूले त्यस प्रकारको संशोधन प्रस्तावहरूको कार्यान्वयनमा धेरै नै जोड दिइरहेका छन् । मधेशवादीहरूले उनीहरूका मागहरू पूरा नभएसम्म संविधानको कार्यान्वयन गर्न वा कुनै पनि प्रकारको चुनाव हुन नदिने धम्की दिइरहेका छन् । त्यसरी स्थिति यस्तो तयार भएको छ कि या त नेपालले पूरै नै भारतीय विस्तारवाद वा मधेशवादीहरूका अगाडि आत्मसमर्पण गर्नुपर्नेछ, जसको अर्थ हुनेछ नेपालको राष्ट्रियता समेतको आत्मसमर्पण वा देशको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता तथा गणतन्त्र र धर्म निरपेक्षता समेतको रक्षाका लागि अगाडि बढ्नु पर्नेछ ।
भारत आफ्ना संशोधनहरू पारित गराउन कतिसम्म नाङ्गो प्रकारले आउन सक्दछ, त्यो कुरा यसबाट पनि प्रष्ट हुन्छ ः भारतीय दवावका अगाडि पूरै झुक्न तयार नभएकाले त्यसले ओली सरकारलाई विघटन गरेर माओवादी केन्द्र र ने.का.को सरकार बनाउन षडयन्त्र गर्‍यो । त्यसरी उनीहरूले सुशील कोइराललाई प्रधानमन्त्री बनाएर आफ्ना विस्तारवादी उद्देश्य पूरा गर्नका लागि जुन सफलता प्राप्त गर्न सकेनन्, प्रचण्डलाई प्रधानमन्त्री बनाएर त्यो कार्य पूरा गर्ने प्रयत्न गरेका छन् । तर यहाँ हामीले यो कुरा बुझ्नु पर्दछ प्रचण्डलाई प्रधानमन्त्री बनाउनु भारत वा ने.का.को बाध्यता थियो । किनभने माओवादी केन्द्रलाई ओली सरकारबाट नफुटाइकन वा उनलाई प्रधानमन्त्री नबनाइकन नयाँ गठबन्धन सरकार बनाउन उनीहरूलाई बहुमत पुग्दैनथ्यो । त्यसैले उनीहरूले प्रचण्डलाई प्रधानमन्त्री बनाउन बाध्य हुनुपर्‍यो । तर त्यो उनीहरूको अस्थायी विराम मात्र थियो र हो पनि । उनीहरूको बीचमा भएको ९ महिनापछि सत्ता ने.का.लाई सुम्पने समझदारीबाट प्रचण्ड खाली म्यादी प्रधानमन्त्री हुन् र उनलाई प्रधानमन्त्री बनाउनुको उद्देश्य सत्ता ने.का.मा हस्तान्तरणका लागि मार्ग प्रसस्त गर्नु मात्र हो भन्ने कुरामा कुनै शङ्का रहन्न ।
अहिले प्रचण्ड आफ्नो सम्पूर्ण राजनीतिक प्रतिष्ठालाई वा भविष्यलाई दाउमा लगाएर प्रधानमन्त्री बनेका छन् । यो कार्यबारे स्वयं प्रचण्डले नै आत्मचिन्तन गर्नुपर्ने आवश्यकता छ ः त्यसरी प्रधानमन्त्री बन्न उनी किन तयार भए ? उनले यो कुराप्रति थोरै पनि ध्यान दिएको पाइन्न ः उनको त्यस प्रकारको कदम देश र स्वयं राजनीतिक भविष्यका लागि पनि कति धेरै आत्मघाती सावित हुनेछ ? त्यसले उनमा गम्भीर प्रकारको राजनीतिक अपरिपक्वता र अदुरदर्शिता भएको कुरालाई पनि बताउँछ । प्रचण्ड वा उनीहरूको सङ्गठनका नेता कार्यकर्ताहरूले यसबारे गम्भीर प्रकारले पुनर्विचार गर्नुपर्ने आवश्यकता छ । प्रचण्डले आफ्ना गतकालका कैयौँ गल्तिहरूबारे आत्मआलोचना गरेको लामो सूची छ । अहिलेको कदमबारे पनि उनले कहिले आत्मआलोचना गर्ने छन् ? समय छँदै वा देशलाई र उनलाई पनि धेरै क्षति पुगिसकेपछि ? वा क्षतिको पूर्ति हुन नै नसक्ने अवस्थामा पुगेपछि ?
अहिले सरकारले जुन संविधान संशोधन विधेयक ल्याएको छ, त्यसले नागरिकता र भाषासम्बन्धी नीतिलाई अरू खुकुलो बनाउने छ र राष्ट्रिय सभामा मधेशवादीहरूको बहुमत बनाउन उनीहरूलाई अरू मद्दत पुर्‍याउने छ । तर त्यो विधेयकको मुख्य र सबैभन्दा विवादास्पद र आपत्तिजनक राष्ट्रघाती पक्ष ५ नं. प्रदेशको विखण्डन नै हो । रूपले हेर्दा त्यो सामान्य प्रादेशिक विषय जस्तो देखिन्छ । तर सारमा त्यसले राष्ट्रिय महत्व राख्दछ र त्यसका दुरगामी दुष्परिणामहरू हुनेछन् । त्यो विधेयकको तात्कालिक उद्देश्य ५ नं. प्रदेशको तराईका जिल्लाहरूलाई अलग गरेर बेग्लै मधेश प्रदेश बनाउनु हो । त्यसरी त्यो प्रदेशको निर्माणले पहाडबाट अलग गरेर तराईमा बेग्लै प्रदेशहरूको निर्माण गर्ने सिलसिलामा जसरी २ नं. प्रदेशको निर्माण गरियो, त्यो सिलसिलालाई अरू एक कदम अगाडि बढाउने छ ।
भारत, ने.का. वा मधेशवादीहरूले प्रचण्डलाई उधारोमा प्रधानमन्त्री बनाएका होइनन् । त्यसको बदलामा उनीहरूलाई हातहातै र नगद प्रतिफल चाहिन्छ । उनको प्रधानमन्त्री बनिरहने अवधि पनि लामो छैन । त्यसैले उनको प्रधानमन्त्रीको अल्प अवधिमा नै उनीबाट उनीहरूले काम लिन चाहन्छन् । उनीहरूको त्यो आवश्यकता पूरा गर्न नै प्रचण्डले वर्तमान संशोधन विधेयक संसदमा दर्ता गराएका हुन् । प्रचण्डले उनीहरूको काम नगर्दिएमा उनीहरूले उनलाई दिएको समर्थन समेत फिर्ता लिने धम्की दिएका छन् । मधेशवादीहरूद्वारा समर्थन फिर्ताको अर्थ प्रकारान्तरले भारतले पनि समर्थन फिर्ता गर्नु हुनेछ । त्यसैले प्रचण्डका अगाडि छिटै त्यो संशोधन विधेयक दर्ता गर्नु आवश्यक हुन गयो ।
तर स्पष्ट छ । त्यो विधेयक भारत वा मधेशवादीहरूको पूरै आवश्यकता अनुसार छैन । त्यो कुराले यो कुराको पनि सङ्केत गर्दछ, प्रचण्डले जुन कदम उठाइरहेका छन्, त्यसबाट साँच्चिकै राष्ट्रघात हुने ता होइन ? त्यसबारे उनका मनमा केही हिचकिचाहटको भावना पनि छ । अर्का शब्दमा उनमा देशभक्तिको भावना वा देश र जनता प्रतिको जिम्मेवारीको भावना पूरै समाप्त नभइसकेको कुराको सङ्केत पनि त्यो विधेयकले दिन्छ । त्यो कुराको सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न, केही महिनाभित्र प्रधानमन्त्री पदबाट हटेपछि पुनः उनीभित्र दबेर बसेको देशभक्तिको भावना पुनः जागेर आउने ता होइन ? त्यो बेला उनले पुनः आफ्नो गल्तिबारे आत्मआलोचना गर्ने ता होइनन् ?
जे होस्, अहिलेको संशोधन विधेयकमा भारत वा मधेशवादीहरूले प्रस्तुत गरेका सबै मागहरू समेटिएका छैनन् । त्यसैले मधेशवादीहरू त्यो विधेयकलाई पूरै समर्थन गर्न तयार भएका छैनन् । उनीहरूले संसदमा त्यसको विरोध गर्ने समेत कुरा बताएका थिए । तर त्यसबारे भारतीय सरकारले बढी व्यवहारिक (?) दृष्टिकोण अपनाएको छ ः पाएको जति लिइहाल्ने र बाँकीका लागि प्रयास जारी गर्दै जाने । त्यही नीति अनुसार भारत सरकारले त्यो विधेयकलाई स्वागत गरेको छ । भारतीय दूतावासले सबै मधेशवादी नेताहरूलाई बोलाएर विधेयकबाट जेजति प्राप्त हुन्छ, त्यसलाई सुदृढ गर्न त्यसलाई समर्थन गर्न निर्देशन पनि दिएको छ ।
संविधान संशोधन विधेयकले प्रचण्डलाई बडो अप्ठ्यारो अवस्थामा पुर्‍याएको छ । उनले यो पनि बताएका छन्, त्यो विधेयक पारित नभएमा उनले प्रधानमन्त्री पदबाट राजिनामा दिनेछन् । अर्कातिर, त्यो विधेयक पारित हुन पनि धेरै कठिन छ । मधेशवादीहरूले पनि उनलाई पूरा समर्थन नगरेकोले उनको कठिनाइ बढेको छ । उनीहरूलाई मेचीदेखि कञ्चनपुरसम्म पूरै तराई चाहिएको छ । ५ नं. प्रदेशमा तराईका ५ वटा जिल्लाहरू उनीहरूको आवश्यकताका तुलनामा धेरै कम छन् । सरकारको आशाको विपरीत ५ नं. प्रदेशका जनता व्यापक रूपमा त्यो विधेयकका विरुद्ध उत्रे । त्यति मात्र होइन स्वयं सत्ता पक्षका, माओवादी केन्द्र र ने.का.का सांसदहरू, उनीहरूका आम कार्यकर्ता र समर्थकहरू पनि खुला रूपले त्यो संशोधनका विरुद्ध उत्रे ।
प्रचण्डले बारम्बार कुनै पनि अवस्थामा त्यो विधेयक फिर्ता नलिने बताएका छन् । तर अब यो निश्चित भइसकेको छ कि त्यो विधेयकका पक्षमा दुईतिहाई बहुमत प्राप्त गराउन उनका लागि सम्भव देखिन्न । त्यो विधेयक पारित हुन सक्दैन भन्ने कुरा शेरबहादुरले पनि बुझेका छन् । त्यसैले उनले त्यो विधेयकलाई मतदानमा लैजानु पर्ने कुरामा जोड दिइरहेका छन् । त्यसका पछाडि उनको यो दृष्टिकोणले काम गरेको कुरालाई बुझ्न गाह्रो पर्दैन ः संसदले विधेयकलाई अस्वीकार गरेपछि, आफ्नो घोषणा अनुसार प्रचण्डले तुरुन्त राजिनामा दिनेछन् र त्यसपछि उनलाई छिटै प्रधानमन्त्री बन्न अवसर प्राप्त हुनेछ ।
प्रचण्डको योजना अनुसार ५ नं. प्रदेशको विखण्डन भयो भने पनि कुरा त्यहीसम्म सीमित रहने छैन । त्यो कार्य सम्पूर्ण तराईमा पहाडी भूभागलाई अलग गरेर मधेश प्रदेश बनाउने योजनाको अङ्ग मात्र हुनेछ । त्यसरी ५ नं. प्रदेशको समस्या खालि एउटा प्रादेशिक समस्या नभएर एउटा राष्ट्रिय समस्या हो । त्यसकारण ५ नं. प्रदेशलाई विखण्डन गर्ने योजनालाई असफल पार्न राष्ट्रिय दृष्टिले नै निर्णयात्मक महत्वको कार्य बन्न गएको छ ।
मधेशको समस्या वा देशको राजनीतिलाई हामीले अहिले प्रस्तुत भएको संविधान संशोधन विधेयक वा ५ नं. प्रदेशको विखण्डनको सीमाभन्दामाथि उठेर हेर्नुपर्ने आवश्यकता छ । अहिलेको विधेयक संसदबाट पारित भयो भने त्यसको गम्भीर दुष्परिणामहरू हुनेछन् । त्यसको परिणामस्वरूप खालि ५ नं. प्रदेशको मात्र विखण्डन हुनेछैन । त्यसले प्रथम चरणमा सम्पूर्ण तराईमा पहाडी भूभागबाट अलग गरेर मधेश प्रदेशहरूको निर्माणका लागि आधार तयार पार्नेछ । त्यसको परिणाम कति दुरगामी हुनेछ ? कसैले पनि सजिलैसित अन्दाज गर्न सक्दछ । अर्कातिर त्यो विधेयक फिर्ता लिइयो वा पारित भएन भने पनि भारतको विस्तारवादी नीति वा मधेशवादीहरूका कारणले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा जुन गम्भीर खतरा उत्पन्न भएको छ, त्यसको अन्त हुनेछैन । मधेशवादीहरूले दुवै अवस्थामा तराईलाई नेपालबाट अलग गराउने आफ्नो प्रयत्न जारी राख्न सक्नेछन् । त्यो संशोधन विधेयक पारित भएमा उनीहरूले त्यो प्रक्रियालाई अगाडि बढाएर तराईलाई नेपालबाट अलग वा स्वतन्त्र बनाउन प्रयत्न गर्नेछ । त्यो विधेयक पारित नभएमा मधेश नेपालबाट अलग हुने धम्की दिन थालेका छन् । त्यस प्रकारको पृष्ठभूमिमा भारतीय विस्तारवाद वा मधेशवादीहरूका कारणले उत्पन्न भएको खतरालाई सबै देशभक्त नेपाली र राजनीतिक शक्तिहरूले गम्भीर रूपले लिनुपर्ने आवश्यकता छ ।
तराईका मधेशी र थारुहरू देशभक्त छन् र उनीहरू नेपालको कुनै पनि प्रकारको विघटनको विरुद्ध छन् । तर मधेशवादीहरूले स्पष्ट रूपले नै भारतीय विस्तारवादी स्वार्थ पूरा गर्न काम गरिरहेका छन् । हाम्रो नीति तराईका मधेशी र थारु जनतासित घनिष्ट र मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ पार्ने र मधेशवादीहरूका पृथकतावादी नीतिहरूका विरुद्ध सम्झौताहीन सङ्घर्ष गर्ने हुनुपर्दछ । मधेशवादीहरूप्रति देशका प्रमुख राजनीतिक शक्ति वा सरकारहरूले अपनाएका सम्झौतापरस्त नीतिहरूका कारणले देशको राष्ट्रियतामा बारम्बार गम्भीर प्रकारको आँच पुग्ने गरेको छ । त्यही क्रममा नेपालमा सङ्घीयतालाई अपनाइयो । त्यसको परिणाम स्वरूप झन्‌पछि झन् देशमा जातीय र क्षेत्रीय विग्रह तथा राष्ट्रिय विखण्डनको स्थितिको सृजना हुँदै गइरहेको छ । नागरिकतासम्बन्धी नीतिलाई झन्‌पछि झन् उठाएर वा खुकुलो पार्दै लगिएको छ, जसको परिणाम स्वरूप ठूलो सङ्ख्यामा भारतीयहरू नेपालको नागरिक बन्ने प्रक्रिया तीव्र गतिले अगाडि बढिरहेको छ । २ नं. प्रदेशको निर्माण पनि भारतीय दवाव वा मधेशवादीहरूप्रतिको सम्झौतापरस्त नीतिको नै परिणाम हो । अहिले प्रस्तुत संशोधन विधेयक पनि त्यही दिशातिर लक्षित छ । त्यो विधेयक पनि मधेशवादीहरूको आवश्यकतानुसार नभएकाले त्यसलाई परिमार्जन गर्ने कुरा उठिरहेको छ । ‘परिमार्जन’को अर्थ अरू बढी राष्ट्रघात हुनेछ ।
वास्तवमा आजसम्म भारतीय विस्तारवाद वा मधेशवादीहरू प्रतिका सम्झौतापरस्त नीतिहरूको परिणामस्वरूप देशको राष्ट्रियतामा बारम्बार गम्भीर प्रकारको आँच पुग्ने गरेको छ र त्यो क्रम नरोकिएमा देशको स्वतन्त्र अस्तित्व समेत खतरामा पुग्ने सम्भावना छ । त्यसैले देशको राष्ट्रियता, सार्वभैमिकता र अखण्डताको रक्षाको प्रश्नलाई हामीले अत्यन्त गम्भीर रूपमा लिनुपर्ने आवश्यकता छ ।

(२०७३ पौष २ गते अखिल नेपाल बुद्धिजीवी सङ्घको तत्वाधानमा काठमाडौँमा सम्पन्न “संविधान संशोधनको प्रस्ताव र राष्ट्रियताको प्रश्न” विषयक विचार–गोष्ठीमा प्रस्तुत कार्यपत्र)

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション